नेपाली रेल कोलकत्तासम्म जान पाउने

काठमाडाैं– नेपालकाे रेल भारतकाे काेलकत्तासम्म जान पाउने गरी नेपाल–भारतबीच सहमति भएकाे छ । भारतकाे नयाँ दिल्लीमा दुई देशबीच भएकाे रेल सम्झौता पुनरावलोकन बैठकमा भारतले नेपालकाे रेल वीरगञ्ज विराटनगरबाट कोलकत्ता/हल्दियासम्म चल्न दिने बताएकाे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ । 

बैठकमा नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाइन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो ।

बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिनाभित्र नेपालमा बस्ने सहमति पनि भएको छ। जनकपुर जयनगरमा रेल चलाउन सरकारले भारतबाट रेल किन्ने प्रक्रिया सुरू गरेको छ। अहिले नेपालसँग रेल छैन । 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार ८:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया