असाेजबाट जयनगर–जनकपुर ३५ किमी रेल गुड्ने

काठमाडौं – नेपालमा पहिलाेपटक डिजेलबाट चल्ने रेल गुड्ने भएकाे छ । रेलवे विभागले जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने तयारी पुरा भएकाे जानकारी दिएकाे छ । ६ वर्षदेखि बन्द रहेकाे जनकपुर–जयनगर रेल सेवा आगामी असाेजबाट सञ्चालनमा आउनेछ । 

विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ। सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागले जानकारी दिएकाे छ ।

जयनगर–जनकपुर–कुर्था रूटमा चल्ने रेल डिब्बासहतिकाे आधुनिक हुनेछ। विभागका महाप्रबन्धक बलराम मिश्रका अनुसार एउटा रेलमा एक हजार २ सय मान्छे अटाउँछन्। 

 

 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार ९:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया