प्रधानमन्त्री ओली आज बेलायतमा

लण्डन– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेलुका बेलायत पुगेका छन् । बेलायती प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा तीन दिने औपचारिक भ्रमणका लागि उनी बेलायत पुगेका हुन् । 

अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा सहभागी भएर स्वीजरल्याण्डबाट प्रधानमन्त्री बेलायत गएका हुन्। प्रधानमन्त्रीकाे २० सदस्यीय भ्रमण टाेलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायत छन् । 

बेलायत भ्रमणको सुरुमै प्रधानमन्त्री ओलीले यहाँको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका छन् । अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका हुन् ।

भ्रमणको दोस्रो दिन मंगलबार प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे तथा विभिन्न पार्टीका सांसदलाई प्रधानमन्त्रीले भेट्नेछन र बेलायत भ्रमण सकेर बुधबार प्रधानमन्त्री ओली फ्रान्सतर्फ लाग्ने कार्यक्रम रहेकाे बताइएकाे छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १०:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया