काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र गुड्ने सवारीसाधनमाथि हर्नमा कडाइ गरेकाे छ । महाशाखाले साेमबारमात्र ४ सय १३ सवारीसाधनलाई कारबाही गरेकाे छ ।
जथाभावी हर्न बजाउँदा ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि हर्नमा कडाइ गरेको प्रहरीले जनाएकाे छ। ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए।
उपत्यकामा २०७४ वैशाख १ देखि पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिए पनि पूर्णरूपमा लागू भएकाे थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।