सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् – भीम रावल

काठमाडौं– नेकपा नेता भीम रावलले सांसदलाई ल्यापटप बाँड्ने तयारीप्रति असन्तुष्टि पोखेका छन् । संसद्लाई पेपरलेस बनाउने भन्दै संसद् सचिवालयले ३ सय ३४ सांसदलाई ल्यापटप बाँड्न बोलपत्र आह्वान गरेको खबर आएसँगै नेता रावलले यसरी ल्यापटप बाँड्न नहुने मत प्रकट गरेका हुन् । 

'सांसदलाई ल्यापटप बाँड्ने काम नहोस्,' केहीबेरअघि ट्विट गर्दै नेता रावलले लेखेका छन्, 'ल्यापटप चलाउन चाहनेले स्वयं व्यवस्था गर्नु उचित हुन्छ । त्यस्तो गर्न सांसदले सक्छन् ।'

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पेपरलेस बनाउने भन्दै मन्त्रीहरुलाई ल्यापटप बाँडेर ६ महिनाभित्र जसरी पनि चलाउन सिक्न उर्दी दिएका थिए । 

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई ल्यापटप बाँडेर चलाउने तालिमसमेत दिने संसद् सचिवालयको तयारी छ । 
 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १४:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया