विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न मन्त्री पण्डितको चेतावनी

काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति सरकारका विभागीय मन्त्रीले चुनौती दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका हुन् ।

सो विज्ञापन संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको दाबी गर्दै उनले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती दिएका छन् ।

सोमबार संसद्को राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । तर, मन्त्री पण्डितले विज्ञापनका सम्बन्धमा संवैधानिक प्रश्न उठेमा त्यसको न्याय निरुपण गर्ने काम सर्वोच्च अदालतले गर्ने बताउँदै समितिलाई चुनौती दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले लोकसेवा आयोगका पदाधिकारीले समितिको बैठकमै आएर विज्ञापन खुलाउने निर्णय संवैधानिक र कानुनी व्यवस्थाअनुसार भएको उल्लेख गरेको, तर समितिले त्यसको सुनुवाइ नगरेको मन्त्रीको आरोप छ । 

स्थानीय तहको माग अनुसार संघीय लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन खुलाएको भन्दै उनले संवैधानिक र प्रावधानअनुसार रहेको प्रस्ट्याए । प्रदेश लोकसेवा आयोग गठन भइनसकेको वेला संघीय सरकारले नै विज्ञापन गर्न पाउने उनको जिकिर छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १७:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया