हरेक रङ्गिन क्रान्तिहरूलाई जर्ज सोरोसले प्रवर्द्धन गर्ने गरेका थिए र ती अमेरिकन सहायता एजेन्सी युएसएआइडीद्वारा वित्त पोषित थिए ।
अहिले भारतको वरिपरि केही देशहरूमा आफ्नो प्रभाव बढाउने आफूलाई सभ्यतागत राज्यको रूपमा पुष्टि गर्ने र भारत विरोधी चरम पन्थी शासनमार्फत बहुध्रुवीय शक्ति सन्तुलन बिगार्ने प्रयास गरिरहेका छन् । यही क्रममा यस क्षेत्रमा क्रमशः रङ्गिन क्रान्ति गराउने कार्य भएको छ । जसमा बंगलादेश, श्रीलंका, म्यानमार र अहिले नेपाललाई समेत सामेल गरिएको छ ।
यो भूराजनीतिक मुद्दा हो र हामीले यसको पछाडिको रणनीति नबुझ्ने स्थिति होइन वा छैन । यो पश्चिमाद्वारा प्रायोजित हुनुपर्छ, किनभने चीनलाई यस्ता ‘रङ्गिन क्रान्ति’ हरूको नतिजामा खासै चासो छैन । रुसको यसमा झन् ध्यान नै छैन । किनभने अहिले रुस आफै युद्धमा अल्झिएको छ । तर प्रश्न के हो भने यो कार्य कसले गरेको छ ? कुन पश्चिमले गरेको छ ? ट्रम्पको नेतृत्वमा रहेको पश्चिम वा अरू ?
तर, अहिले अमेरिकाभित्र ट्रम्पद्वारा सोरोसलाई आक्रमण गरिएको छ, र युएसएआइडी समेत बन्द गरिएको छ । त्यसो भए भारत विरोधी यस किसिमका भू–राजनीतिक घटनाहरू कसले अघि बढाइरहेको छ ? संसारका विभिन्न स्थानहरूमा देखा परेका तथ्यहरूले यो प्रमाणित गर्छन् कि यहाँ कुनै अन्य पहिचान गर्न कठिन शक्ति जो यस परिदृश्य पछाडि गोप्य रूपमा सक्रिय छ ।
नेपालमा कसैले एकातिर सत्ताधारीहरूको मूर्ख राजनीतिलाई समर्थन गर्यो र अर्कोतिर युवाहरूलाई जेनजीको नाममा घुसपैठ गरेर दङ्गामा उक्सायो । यही कुरा फ्रान्स, इङ्गल्यान्ड र जर्मनीमा पनि देखिन्छ । कसले उदारवादी नेताहरूलाई मूर्खतापूर्ण काम गर्न दबाब दिन्छ र त्यहीँ समयमा जन साधारणमा उनीहरूविरुद्ध घृणा भड्काउँछ ?
हामीले ठीक यही ढाँचा सन् २०१४ को युक्रेनी क्रान्तिमा देख्यौँ, तर त्यतिबेला सबै कुरा स्पष्ट थियो । पश्चिम पूर्ण रूपमा उदारवादी विश्ववादीहरूको नियन्त्रणमा थियो र अमेरिकामा डेमोक्रेट हाबी थिए । सोरोस, युसएआइडी, सिआइए, एमआइलगायत सबै एउटै एजेन्डामा मिलेर काम गरिरहेका थिए ।
तर अहिले परिस्थिति केही फरक छ । प्रणालीभित्र कुनै प्रकारको विदूषक वा छलकपट गर्ने पात्रझैँ देखिन्छ–ट्रम्प । अहिले मागा, एलोन मस्क र ‘नन–उक’ जस्ता नयाँ कारकहरू देखा परेका छन् । तर यी नयाँ कारकहरूले अमेरिकी राजनीतिमा (पश्चिमी संसारको त कुरै छाडौँ) मात्र पनि पूर्ण रूपमा नियन्त्रण गरेको देखिँदैन ।
विश्वलाई वास्तवमै पर्दा पछाडिबाट नेतृत्व गर्ने संरचनाहरू पहिचान गर्ने कार्य अझै बाँकी छ ।
त्यसैले, विश्वलाई वास्तवमै पर्दा पछाडिबाट नेतृत्व गर्ने संरचनाहरू पहिचान गर्ने कार्य अझै बाँकी छ । अहिलेको सम्पूर्ण चित्र अघिल्ला अवस्थाभन्दा धेरै जटिल देखिन्छन्, जहाँ स्पष्ट द्वैधता छ–वैश्विकतावादी (उदारवादी) र प्रतिवैश्विकतावादी (जनप्रियवादी, राष्ट्रवादी, परम्परावादी) । अब यसमा नयाँ तहहरू थपिँदै छन् ।
यी सबैलाई सही ढङ्गले पहिचान गर्नु सजिलो छैन । झन् यस्तो देखिँदै छ कि सतही राजनीतिक शक्तिहरू, उच्च वर्गीय समूहहरू र निर्णयकर्ताहरू स्वयं पनि कुनै गहिरो खेलका बन्धक र अन्धा उपकरण जस्तै हुन्छन् ।
यदि उच्च वर्गीयहरू नै जहाँ प्रयोग भएका र ठगिएका छन् भने त्यहाँ निरन्तर प्रलोभनमा पारिएका र प्रचारद्वारा भ्रमित बनाइएका आम जनसमुदायको अवस्था कस्तो होला ? के भन्न सकिन्छ र !
(दुगिन रुसी प्राज्ञिक दार्शनिक हुन् ।)
अनुवाद : मोहनप्रसाद ज्ञवाली
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।