१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

घनश्याम भुसालको अपिल- एकै ठाउँमा उभिएर ऐतिहासिक शक्ति जन्माऔँ
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले २३ र २४ गते मुलुकभर भएको तोडफोड, आगजनी र लुटपाटले राजनीतिक पार्टीहरूको नालायकीको चरम सीमा देखाएको बताएका छन् । 


सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भुसालले सो घटनालाई नेपालको राजनीतिक इतिहासमा सर्वाधिक कायरतापूर्ण र विध्वंसकारी भएको बताए । उनले वर्तमान राजनीतिक गतिरोध र नेताहरूको स्वार्थले मुलुकमा असाधारण संकट सिर्जना गरेको पनि बताए ।



भुसालले सबै राजनीतिकर्मी, बुद्धिजीवी र कम्युनिष्ट आन्दोलनका समर्थकहरूलाई एकजुट भएर नेताहरूका स्वार्थका खालि रेखा तोड्न आह्वान पनि गरेका छन् । ‘हाम्रो विचार एउटै हो, विभाजनका बन्धन चुँडालेर एक ऐतिहासिक राजनीतिक शक्ति जन्माउन सकिन्छ,’ उनले भनेका छन् । 

भुसालले वर्तमान राजनीतिक संरचना, पार्टी नेतृत्वको कमजोरी र जिम्मेवारीको अभावले लाखौं इमानदार सदस्य र समर्थकमा पीडा र ग्लानी उत्पन्न भएको टिप्पणी पनि गरेका छन् । 



उनले विभाजन भत्काएर ऐतिहासिक शक्ति निर्माण गर्न पनि आह्वान गरेका छन् । 

‘बुद्धिजीवी र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकलाई आह्वान गर्न चाहन्छु, हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ,’ भुसालले भने ।  



  • प्रकाशित मिति : २७ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया