Tue, 18 Jun, 2019


किर्गिस्तान जान मोदीलाई पाकिस्तानले बाटो दिने
फरकधार / जेठ २८, २०७६

इस्लामाबाद– पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई किर्गिस्तान जान आफ्नो हवाईक्षेत्र प्रयोग गर्न दिने भएको छ । मोदी १३ जुनमा संघाई सहयोग संगठनको बैठकमा भाग लिन किर्गिस्तान जाँदै छन् । बैठकमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सहभागी हुँदै छन् । 



मोदीलाई किर्गिस्तान जान बाटो खोलिदिन भारतले पाकिस्तानसँग आग्रह गरेको थियो । 

भारतबाट किर्गिस्तान जाने सिधा बाटो पाकिस्तानको हावईक्षेत्र पार गरेर जान्छ । बालाकोट हवाई आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण दुवै देशले आफ्नो हवाई मार्ग बन्द गरेका थिए । 

भारतबाट पाकिस्तानी हवाईक्षेत्र हुँदै किर्गिस्तान जान ४ घन्टा लाग्छ ।  क्षेत्रबाट किर्गिस्तान जाने अनुमति दिएको थियो । पाकिस्तानले भारतको आग्रह स्वीकार नगरेको भए मोदीलाई यो यात्रामा दोब्बर समय लाग्ने थियो । 

भारतको पुलवामामा जैस–ए–मोहम्मदले ४० भारतीय अर्धसैनिकको ज्यान जानेगरी आतंककारी आक्रमण गरेपछि भारतले २६ फेब्रुअरीमा पाकिस्तानी भूमि बालाकोट छिरेर जैस–ए–मोहम्मदविरुद्ध हवाई हमला गरेको थियो । त्यसपछि केही दिन भारत र पाकिस्तानबीच सीमाक्षेत्रमा गोलाबारी चलेको थियो । 

२७ मार्चमा पाकिस्तानले बैंकक र क्वालालम्पुर जानेबाहेक अन्य सबै मार्ग खुला गरेको थियो । तर, भारतका लागि भने उसले केवल दुई मार्ग खोलिदियो, जसका कारण भारतीय विमानहरुले पाकिस्तानको उत्तरी क्षेत्रबाट घुमेर उडान भर्न परिरहेको छ । यसबाट एयर इन्डियालाई मात्र ३०० करोडभन्दा बढीको नोक्सान भइसकेको उसले बताएको छ । 

यसअघि, २१ मेमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि पनि पाकिस्तानले आफ्नो हवाई क्षेत्र खोलिदिएको थियो । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्