२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

नयाँ युगको सुरुवात भएको छ, अब भ्रष्टाचार गर्न सयपटक सोच्नुपर्नेछ : ज्ञानेन्द्र शाही
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशले पहिलो महिला प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गर्दै नयाँ युगको सुरुवात भएको बताएका छन् ।


शाहीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘राष्ट्रले पहिलो महिला प्रधानमन्त्री मात्र पाएको छैन । नयाँ युगको सुरुवात भएको छ । भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउँछ । ती महान युवा साथीहरूलाई सलाम, जसको बलिदानबाट यो उपलब्धि हासिल भएको हो ।’



उनले थपे, ‘तपाईंहरूको बलिदानलाई हामी खेर जान दिन्ने छैनौं। सबै मिलेर एकसाथ अघि बढेर नयाँ बिहानीको सुरुवात गर्नुपर्छ । हार्दिक बधाई तथा शुभकामना ।’ 





  • प्रकाशित मिति : २७ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया