जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा लगाइएको निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको छ । शनिबार एक सूचना जारी गर्दै बिहान ९ बजेदेखि लागू हुने गरी पोखराका विभिन्न स्थानहरूमा लगाइएको निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुव्यवस्था र पारस्परिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान जिल्लावासीमा अनुरोध समेत गरेकी छन् ।
‘जिल्लामा शान्ति सुव्यवस्था र पारस्परिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवालाई सुचारु गर्न र बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउनको लागि सबै सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ संस्था, मानव अधिकारकर्मी, संचारकर्मी, नागरिक समाज, विभिन्न टोल समुदाय लगायत सरोकारवाला सम्पूर्ण पक्षहरुले आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन जिल्ला सुरक्षा समिति, कास्की हार्दिक अनुरोध गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।