२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

घरेलु लिग नहुँदा खेलाडी बेरोजगार, अञ्जन विष्ट भन्छन्- दुई छाक टार्न बंगलादेश पुगेँ
फाइल तस्बिर

राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले हालको राजनीतिक अराजकता र अस्थिरताप्रति गहिरो पीडा व्यक्त गरेका छन् ।

मुलुकमा फैलिएको क्रान्तिको ज्वाला र सडकमा देखिएको बलिदानप्रति भावुक हुँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो मनको व्यथा पोखेका हुन् ।



‘के भन्नु दुर्भाग्य ! मेरो नेपाल आमा रोइरहनु भएको छ । अज्ञात भविष्यको आशा बोकेर सडकमा उत्रिएका युवाहरू बलिदान भएर सहिद बन्न पुगेका छन्,’ अञ्जनले लेखेका छन् । उनले आफू चाहेर पनि देशको यो पीडादायी अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै माफीसमेत मागेका छन् ।

नेपालमै वर्षौंदेखि फुटबल लिग सञ्चालन नहुँदा बाध्यताले बंगलादेशमा खेल्न पुगेको अनुभव पनि अञ्जनले सार्वजनिक गरेका छन् । ‘म राष्ट्रिय फुटबल खेलाडी हुँ । तर, देशमा लिग नहुँदा दुई छाक टार्न र बाबा–आमाको सपना पूरा गर्न छिमेकी मुलुकमा खेल्न आइपर्नु परेको छ । अहिले सम्पूर्ण खेलाडीहरू बेरोजगार अवस्थामै छन्,’ अञ्जनले लेखेका छन् । 



उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लिग सुरु गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् । ‘मेरो बिन्ती छ, एन्फाले अब फुटबलको लिग पुनः सञ्चालन गर्ने वातावरण चाँडोभन्दा चाँडो बनाओस्,’ अञ्जनले भनेका छन्, ‘म अवश्य फर्केर देशका लागि केही गर्नेछु ।’ 
 



  • प्रकाशित मिति : २९ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया