तयारी नगरी विधेयक ल्याएकाले विरोध भयो, परिमार्जन हुन्छ – प्रचण्ड

भरतपुर– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राम्रो तयारी नगरी विधेयकहरू ल्याएकाले विरोध भएको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने बताए ।

पछिल्लो समय सरकारले ल्याएका सबैजसो विधेयकको विरोध हुनुको कारणबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले जति गृहकार्य भएर विधेयक आउनुपर्ने हो, त्यसमा कमीकमजोरी भएकाले यस्तो भएको बताए । 

सरकार र पार्टी यसमा सतर्क भएको भन्दै प्रचण्डले आउने दिनमा विधेयकमाथि पर्याप्त छलफल गरी सहमतिबाटै अघि बढ्ने विश्वास दिलाए । ‘मिडिया काउन्सिल र गुठी विधेयकलाई आवश्यक परिमार्जन गरेरै अघि बढाउनुपर्छ,’ उनले भने ।

लोकसेवाले स्थानीय तहका लागि गरेको विज्ञापनबारेको प्रश्नमा अध्यक्ष प्रचण्डले यो विषय प्रधानमन्त्री स्वदेश फर्केपछि मात्र निष्कर्षमा पुग्ने बताए ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १२:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया