प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको काँग्रेस सांसदको आरोप

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले प्रधानमन्त्री भ्रष्टाचारीलाई लुकाउन लागेको आरोप लगाएका हुन् । 

नेपाल वायु सेवा निगममा भएको भ्रष्टाचारलाई विभागीय मन्त्रीको हैसियतमा ओलीले नै संरक्षण गरेको उनले आरोप लगाए । 

उनले भने, ‘प्रधानमन्त्रीजीको जुन दृढ संकल्प छन्, महान् वाणी मन्त्रालयमा टाँसिएका छन्, न म भ्रष्टाचार गर्छु, न गर्न दिन्छु । तर प्रधानमत्रन्त्रीले सम्हाल्नुभएको संस्कृति पर्यटन मन्त्रालय मातहत  २५ अर्ब ऋण काडेर ल्याइएका वाइडबडी आएको दिनदेखि नै भ्रष्टाचारको घेरामा रुमल्लिएको छ । ४ अर्ब ३५ करोडको कुरा अख्तियारमा छ । दैनिक डेढ करोड घाटा भएको छ ।’ 

कँडेलले थप स्पष्ठ पार्दे भने, ‘जुलाई ४ देखि जापानाको उडान भर्ने भनिएको थियो, विभिन्न बहानामा त्यो पनि स्थगित भएको छ । प्रत्येक दिन डेढ करोड घाटा सहिरहेको छ, अढाइ अर्ब घाटा व्यहोर्‍यो । सन् २०१८ मार्च ११ मा टिकट बूकिङका लागि ग्लोबल टेण्डर गर्दा तीन वटा कम्पनीले प्रतिष्पर्धा गरे । अहिले आएर टेण्डर नगरी कुनै कम्पनीलाई टिकट बिक्रीको जिम्मा दिइएको छ । बिना टेण्डर ५ करोडको लेनदेनको घोटाला अध्यक्षको रोहबरमा भएको छ ।’

 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १३:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया