यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतविरुद्ध पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल ८ः१५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
जारी प्रतियोगितामा भारत र पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । भारतले पहिलो खेलमा यूएई तथा पाकिस्तानले ओमानलाई हराएको थियो । पाकिस्तानविरुद्धको पछिल्लो पाँच टी–२० मा भारतले तीन खेलेको छ । ऊ पाकिस्तानसँग सन् २०२२ को एसिया कपमा पराजित भएको थियो ।
पाकिस्तान आज पनि एसिया कपमा भारतविरुद्धको जित यात्रा जारी राख्ने सोचमा छ । यता भारत सन् २०२२ को हारको बदला लिने योजनामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।