२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

भारतविरुद्ध पाकिस्तानको खराब सुरुवात, सस्तैमा गुमायो दुई विकेट

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतविरुद्धको खेलमा पाकिस्तानले खराब सुरुवात गरेको छ ।  

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ६ रन जोड्दा महत्वपूर्ण दुई विकेट गुमाएको छ । उसले सैयम अयुबलाई शून्य तथा मोहम्मद हरिसलाई तीन रनमा गुमाएको हो ।



भारत र पाकिस्तानबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको हो । जारी प्रतियोगितामा भारत र पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । 

भारतले पहिलो खेलमा यूएई तथा पाकिस्तानले ओमानलाई हराएको थियो । पाकिस्तानविरुद्धको पछिल्लो पाँच टी–२० मा भारतले तीन खेलेको छ । ऊ पाकिस्तानसँग सन् २०२२ को एसिया कपमा पराजित भएको थियो । 



पाकिस्तान आज पनि एसिया कपमा भारतविरुद्धको जित यात्रा जारी राख्ने सोचमा छ । यता भारत सन् २०२२ को हारको बदला लिने योजनामा छ । 
 



  • प्रकाशित मिति : २९ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया