[पाेखरा] लागुऔषध बोक्नेलाई प्रहरीले गोली हान्यो

पोखरा– लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले पोखराको उत्तमचोकमा गोली चलाएको छ । लागुऔषध लिएर हिँडेको सूचनाका आधारमा पछ्याउँदै गएको प्रहरीमाथि आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले बताएको छ । 

गोली लागी ठूलो परिणाममा लागुऔषध बोकेका गोविन्द थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको खुट्टामा गोली लागेको छ । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

थापाको साथबाट डाइजोपाम, नुर्फिन, फेनार्गनलगायत १ हजार ५ सय थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १३:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया