यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनायो ।
उसका लागि ओपनर साहिबजादा फरहानले ४४ बलमा तीन छक्कासहित सर्वाधिक ४० रन बनाए । यस्तै, साहिनसाह अफ्रिदीले उत्कृष्ट फिनिसिङ गरे । उनले १६ बलमा चार छक्कासहित अविजित ३३ रनको पारी खेले ।
त्यस्तै, फखर जमानले १७, फहिम अस्रफले ११ तथा सुफियान मुकीमले १० रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । भारतका लागि कुलदीप यादवले तीन, जसप्रित बुमराह र अक्षर पटेलले दुई/दुई तथा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।
जारी प्रतियोगितामा भारत र पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । भारतले पहिलो खेलमा यूएई तथा पाकिस्तानले ओमानलाई हराएको थियो । पाकिस्तानविरुद्धको पछिल्लो पाँच टी–२० मा भारतले तीन खेलेको छ ।
ऊ पाकिस्तानसँग सन् २०२२ को एसिया कपमा पराजित भएको थियो । पाकिस्तान आज पनि एसिया कपमा भारतविरुद्धको जित यात्रा जारी राख्ने सोचमा छ ।
यता भारत सन् २०२२ को हारको बदला लिने योजनामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।