२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ । एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै  लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ ।

इत्तिहद स्टेडियममा फिल फोडेनले १८औँ मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले । त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए ।



हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना गर्दा बल पोस्टमा ठोकाए पनि, ६८औँ मिनेटमा अर्को गोल थप्दै नतिजा सुनिश्चित गरे ।

सिटीका नयाँ गोलरक्षक जियानलुइजी डोनारुमाले ब्रायन म्बेउमोको प्रहार रोके पनि ।‌ युनाइटेड खेलभरि कमजोर देखियो र हारसँगै १४औँ स्थानमा झर्‍यो। ४ खेलमा‌ युनाइटेडको ४ अंक छ । सिटी ६ अंकसहित आठौँ स्थानमा छ । 





  • प्रकाशित मिति : ३० भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया