२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

भारत र पाकिस्तानका खेलाडीले किन हात मिलाएनन् ?

यूएईमा जारी टी–२० एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध भारतले सात विकेटको सहज जित निकालेको छ । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा पुरा गर्‍यो । जित हात पार्दै भारतीय खेलाडी ड्रेसिङ रुमतर्फ लागे । 

सामान्यतया क्रिकेटमा खेल सकिएपछि दुवै टोलीका खेलाडी र अम्पायर मैदानमै हात मिलाउने परम्परा रहँदै आएको छ । तर, यसपटक भारतीय खेलाडी र अफिसियल मैदानमै नआएपछि पाकिस्तानी टोली पनि हात नमिलाई ड्रेसिङ रुम फर्कियो ।  



टसको क्रममा समेत भारतीय कप्तान सूर्यकुमार यादव र पाकिस्तानी कप्तान सलमान अली अघाले पनि हात मिलाउन अस्वीकार गरेका थिए । केही महिना अघि भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको पाकिस्तानी आतंककारी आक्रमणपछि दुई देशबीचको सम्बन्ध अझै तिक्त बनेको छ । 

आक्रमणअघि राजनीतिक तनावका बाबजुद भारतीय र पाकिस्तानी खेलाडीबीच मैदानमा सहज सम्बन्ध देखिन्थ्यो । तर, हाल आएर त्यो व्यवहारिक निकटता हराएको देखिएको छ ।



पछिल्लो एक दशकदेखि भारत र पाकिस्तानको टिम आईसीसी र एसिसी प्रतियोगितामा मात्र आमनेसामने हुने गरेका छन् ।  
 



  • प्रकाशित मिति : ३० भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया