एजेन्सी– बलिउड अभिनेता इमरान हासमीले एक अन्तर्वातामा बलिउडमा मुर्खहरु मात्रै लामो समयसम्म टिक्ने बताएका छन् । बलिउडमा रिस्क लिने निर्माता धेरै नभएको पनि उनी बताउँछन् ।
बलिउडमा मुर्खको बोलवाला छ र यसमा कलाकार लागि समझदार भएर काम गर्न मुश्किल छ ।
इमरान भन्छन् ‘दर्शक सुपरस्टारबाट चल्ने फिल्म हेर्न खोज्दैनन् । लग्जरी कपडा र विदेशी लोकेशनमा ५० डान्सर्ससँग नाचेको हेर्न मन पराउँदैनन्, उनीहरु त अलग अलग भूमिका र कथा हेर्न खोज्छन् । तर बलिउडका निर्देशक तथा निर्माताहरु यो कुरा बुझ्न तयार छैनन् र उनीहरु आफ्नै बेवकुफीमा काम गरिरहन्छन् ।’
इमरानले बलिउडमा एक समझदार एक्टर हुन निकै मुश्किल रहेको पनि बताए । यहाँ बेवकुफीको दममा कलाकारहरु लामो समयसम्म टिक्न सक्छन् ।
उनले भनेका छन- दर्शक स्मार्ट छन तर प्रोड्युसर र डाइरेक्टर्स यो कुरालाई बुझ्नै खोज्दैनन्, न रिस्क लिन तयार हुन्छन् ।
‘२०१८ मा स्टार्सको दमबाट चल्ने चलचित्रहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । समयले उत्कृष्ट कन्सेप्ट र कन्टेन्ट आवश्यकता महसुस गरेको छ । अब केही नयाँ मानिसहरु नयाँ चीज लिएर आएका छन्, यसले बलिउडको शैलीलाई परिवर्तन गर्न सक्छ,’ इमरान भन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।