२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

साफ यू-१७ मा नेपालको विजयी सुरुवात, श्रीलंकालाई २–० ले हरायो

नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्नेक्रममा नेपालले सोमबार आयोजक श्रीलंकालाई २–० ले हरायो ।   

कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्स’मा भएको खेलमा नेपालको जितमा स्ट्राइकर समीर कुमारले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई गोल गरे ।  



समीरले खेलको ५२औं मिनेटमा पहिलो गोल गरे । बायाँ विंगबाट प्रतिश थापामगरले दिएको आकर्षक क्रसमा बक्सभित्र निगरानीविहीन अवस्थामै समीरले हेडिङमार्फत गोल गरे ।

उनको बल पहिलो बारको जाली चुम्दा श्रीलङ्काका गोलकिपर शाथिन कथाफी कुनै प्रतिक्रिया जनाउन सकेनन् ।



खेलको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल थपे । निश्चल मगरको सटीक थ्रु पासमा बल पाएका समीरले अगाडि बढेका गोलकिपरलाई चक्मा दिँदै पहिलो बारमै प्लेसिङ प्रहार गरे, जसले नेपाललाई २–० को सहज जित दिलायो ।

यस जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले अब दोस्रो खेलमा बुधबार बंगलादेशको सामना गर्नेछ ।



  • प्रकाशित मिति : ३० भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया