२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

भारत एक खेलअगावै एसिया कपको सुपर फोरमा

एसिया कप क्रिकेटअन्तर्गत ‘ए’ समूहको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई ४२ रनले पराजित गरेको छ । यस हारसँगै ओमान प्रतियोगिताबाट बाहिरिएको छ ।  

यूएईको जितपछि भारत सुपर फोरमा पुग्ने पहिलो टोली बनेको छ । समूह चरणमा भारतले दुवै खेल जित्दै शीर्ष स्थानमा ४ अंकसहित प्रवेश सुनिश्चित गरेको हो ।



पाकिस्तान दुई खेलमा २ अंकसहित दोस्रो स्थानमा छ भने यूएई पनि २ अंकमै भए पनि रन रेट कमजोर भएकाले तेस्रो स्थानमा छ । 



अब समूह ‘ए’ बाट पाकिस्तान र यूएईबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।



  • प्रकाशित मिति : ३१ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया