कर्मचारी अभावमा काम रोकिँदा जनआक्रोश बढ्यो :  प्रदीप यादव

काठमाडौँ– सत्तारुढ समाजदावी पार्टी ‘नेपाल’ का सांसद प्रदीप यादवले मालपोत कार्यालय पर्सामा कर्मचारी पठाउन माग गरेका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ५२ जना दरबन्दी रहेको कार्यालय अहिले रित्तो हुने अवस्थामा पुगेको बताए । उनले कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले भने, ‘पर्साको जिल्ला मालपोत कार्यालय ५२ जनाको दरबन्दी छ । एकजना प्रमुख मालपोत अधिकृत र ४ जना मालपोल अधिकृतको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैन । पहिले खसी बोका काटेर पर्सामा जन्थे, अहिले अख्तियारको डरले कोही कर्मचारी जान मानेका छैनन् ।’

कर्मचारी अभावमा काम रोकिँदा जनआक्रोश बढेको उनले बताए । ‘जनताको काम रोकिँदा सरकारप्रति आक्रोश बढिरहेको छ, सरकार मात्र होइन काम नबनेर फर्किने बेलामा संसदलाई बाँकी राख्दैन ।’ 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १५:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया