नेप्से परिसूचकमा ३.५० अंकको गिरावट

काठमाडौं– साताको चौथो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन्ज (नेप्से) परिसूचकमा ३ दशमलव ५० अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ पुगेको हो । 

नेप्से घटेको दिन बुधबार सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशमलव ३६ पुगेको छ । यस दिन बजारमा १ सय ७४ कम्पनीका १८ लाख ७१ हजार ८ सय ९ कित्ता सेयर ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ रुपैयाँमा कारोबार भए । 

बुधबार कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये तीन समूह उकालो लागे भने बाँकी नौ समूह ओरालो लागे । नेप्से घटेको दिन ट्रेन्डिङ समूह सर्वाधिक ११ दशमलव ७ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा सर्वाधिक ६१ दशमलव ३४ अंकले ओरालो लाग्यो । 

सेयर बजार घटेको दिन बजारमा ग्लोबल आइएमई बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन बैंकको सेयर ७ करोड १२ लाख ६२ हजार २ सय २२ रुपैयाँमा कारोबार भएका छन् ।

साल्ट ट्रेन्डिङ कर्पोरेसन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी नेपाल हाइड्रो डेभ्लोपर्सका लगानीकर्ताले  सर्वाधिक ७ दशमलव शून्य ९  प्रतिशतले सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १६:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया