गुठी विधेयकमा विप्लवको विरोध

काठमाडौं– सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोध गरेको छ । 

सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’द्वारा जारी विज्ञप्तिमा ‘सरकारले एकपछि अर्को जनअधिकार कुल्चिँदै फाँसीवादको अभ्यास गरिरहेको’ आरोप लगाइएको छ । सदनमा प्रस्तुत भएको विधेयक यसको उदाहरण भएको प्रकाण्डले उल्लेख गरेका छन् ।

पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई विधेयक निर्माण गरिएको सो पार्टीको आरोप छ । यसविरुद्ध उठेका संघर्षमा बर्बर दमन भएको भन्दै विज्ञप्तिमा त्यसखाले दमनको घोर निन्दा गरिएको छ । 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १७:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया