लागुऔषधसहित एकजना पक्राउ

काठमाडौं–  प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले सिन्धुपाल्चोक बतासे गाउँपालिका २ का ३४ वर्षीय विनोद थापालाई पक्राउ गरेका हो । 

थापा नारायणगढबाट ना५ख ९५५ नम्बरको बसमा काठमाडौं आउँदै गर्दा नागढुंगामा पक्राउ परेका  हुन् । प्रहरीले चेकजाँचका क्रममा विभिन्न लागुऔष फेला पारेको थियो ।  

प्रहरीले उनको साथबाट नाइट्रोभेट १८० ट्याब्लेट, नुफिन, फेनरागन र डाइजेल्याप गरी जम्मा १५० एम्पुल लागुऔषध बरामद गरेको छ । 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १७:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया