अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रुस–युक्रेन युद्धलाई लिएर छलफल भएको छ । टेलिफोन गरी जन्मदिनको शुभकामना दिएपछि ट्रम्पले मोदीसँग रुस–युक्रेन युद्धबारे कुराकानी गरेका हुन्।
‘मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ । उहाँले राम्रो काम गरिरहनुभएको छ,’ उनले भने, ‘रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा तपाईँको सहयोगका लागि धन्यवाद ।’
यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताबीच भएको कुराकानीको विवरण पनि सार्वजनिक गरेका छन् ।
उनले लेखेको छन्, ‘समसामयिक विषयमा फोन वार्ता र मेरो ७५औँ जन्मदिनको शुभकामना दिनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद । तपाईं जस्तै म पनि भारत–अमेरिका बृहत् र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण प्रतिबद्ध छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।