सफलताको सूत्रः आकाश छुने चाह हुनुपर्छ, बाटो अवश्य भेटिन्छ

एजेन्सी– यो संसारमा केही मानिसहरु छन् जसलाई आफ्नो गन्तव्य त थाहा हुन्छ तर उनीहरु त्यहाँ नपुगेरै बाटो मोड्न चाहन्छन् । किन ? किनकि सफलताको त्यो यात्रामा कयौं अप्ठ्यारा अवस्थाहरु आउँछन् । अनि ती अप्ठ्यारा अवस्था नै त्यसरी यात्रा गरिरहेका मानिसहरुका लागि समस्या भइदिन्छन् । उनीहरु सोच्छन् कि आफूले देखेको सपना पूरा हुने सपना होइन, आफू जान चाहेको गन्तव्यका लागि आफू सबल भइसकेको छैन । बीचमै निराश हुनेहरुका लागि संसारमा समस्या धेरै हुन्छन् । 

तर, उनीहरुले कहिल्यै सोच्दैनन् कि आफ्नै गन्तव्य वा सपनाले पनि परीक्षा लिइरहेको हुन्छ । आकाश छुने चाहना राखेर हिँड्नेहरु केही पाइलामा नै थकित हुन्छन्, केही समयमा नै थाकेर आफ्नो गन्तव्य बिर्सन खोज्छन् र जीवनका अनेक कुरामा अल्झिन्छन् । 

अर्कोतिर साँच्चिकै आफ्नो लक्ष्यमा पुग्ने यात्रामा निस्किएकाहरु कुनै पनि समस्याले डगमगाउँदैनन् । हो, उनीहरु डगमगाउन खोजेका धेरै क्षणहरु देखिन्छन् । तर, त्यस्ता क्षणमा उनीहरुले मनमा आफ्ना कुरा बिर्सँदैनन् र अगाडि बढ्छन् । समाजले त्यस्ता व्यक्तिलाई कहिलेकांही जिद्दीको उपमा पनि दिन्छ । तर, जिद्दी नहुने हो भने यात्रामा आकाशसम्म पुग्न सकिँदैन । मुश्किल तथा समस्याहरुलाई पार गरेर नै अगाडि बढ्न सकिन्छ ।

हो, कहिलेकांही यस्ता परिस्थितिहरु आउँछन् जसले हामीलाई बाटोमा नै रोक्ने हो कि भन्ने पर्न सक्छ । तर, ती परिस्थिति तथा समस्या जसरी आउँछन्, त्यसरी नै जान्छन् । एउटा मात्र कुरा हामीले सम्झनु पर्ने के हो भने चाहना राख्नुपर्छ, बाटो अवश्य भेटिन्छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार २०:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया