नेपाल प्रहरीका ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । गत ३१ भदौमा भएको निर्णय १ असोजदेखि लागू हुनेगरी कार्यान्वयनमा आएको हो ।
यसअन्तर्गत अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखामा कार्यरत एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । बाँकेमा कार्यरत एसपी रामप्रसाद घर्तीमगरलाई भने कर्णाली प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा सरुवा गरिएको छ ।
यस्तै, अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषामा पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी अपिल राज बोहरालाई नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं. १ नक्सालमा सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूची :






फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।