गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

एजेन्सी– अब विस्तारै गर्मी बढ्न थालेकाे छ । अबकाे समय भनेकाे हामीले हाम्राे स्वास्थ्यकाे विशेष चासाे राख्नुपर्छ । 

अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ । यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन् ।

सूर्यको किरणले छालालाई केही असर नगरोस् भन्नका लागि यसको हेरचाह र ख्याल राख्नुपर्ने हुन्छ । गर्मी मौसममा विशेष गरी तापक्रम बढी हुने हुँदा शरीरमा पसिना बढी आउँछ ।

पसिनाले गर्दा छालामा प्रभाव पार्दछ । जसका कारण फंगल इनफेक्सन हुने, दाद, दुबी, छाला बाक्लो हुने, घमौरा आउने, छालामा घाउ हुने र चिलाउने समस्याहरू देखिन्छन् । सूर्यको किरण सिधै पर्दा चाँडै चाउरी पर्ने समस्या पनि देखिन्छ ।

यसरी गर्नुहोस् छाला हेरचाह

– बाहिर धेरै गर्मी हुँदा लोशन पसिनासँगै बगेर जान्छ । त्यसकारण घाममा निस्कनुभन्दा आधा घण्टा पहिले नै सनस्क्रिम लगाउनुहोस् ।



– सकेसम्म छायाँमा उभिनुहोस् ।

– घरबाट बाहिर निस्कँदा छाता ओडने, क्याप लगाएर हिँड्ने वा हातलाई सुतीको कपडाले ढाकेर निस्कनुहोस् ।



– नियमित रुपमा व्यायाम गर्नुहोस् ।

– प्रशस्त पानी पिउने तथा सन्तुलित भोजन गर्ने बानी बसाल्नुहोस् ।

– कामबाट फर्केपछि शरीर नुहाउने वा सफा गनुहोस् ।

– आफ्नो छालाअनुसारको सनब्लक क्रिमको प्रयोग गनुहोस् ।

– हाइ केमिकल भएको साबुनको प्रयोग नगनुहोस् ।

  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार २०:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया