१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

जनमत पार्टीमा विद्रोह : सामूहिक राजीनामाले ल्यायो नयाँ संकट
सिके राउतको नेतृत्वमाथि प्रश्नचिन्ह

जनमत पार्टी फेरि अहिले विवादमा फसेको छ । अध्यक्ष डा. सिके राउतको नेतृत्वविरुद्ध खुलेर असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित पार्टीका ६ जनाले सामूहिक राजीनामा दिएको घटनाले जनमतभित्रको असन्तोषलाई अझ उजागर गरिदिएको हो ।


बुधबार दिन मात्रै अध्यक्षको राजीनामा मागेका उनीहरूले २४ घण्टा नबित्दै पार्टीसँगैको नाता तोड्नु, आन्तरिक खिचातानीले अब असह्य रूप लिएको स्पष्ट संकेत देखिएको छ ।



राउतले जेन्जी पुस्ताले बगाएको रगतको अपमान गरे । पार्टी अध्यक्षले आफ्ना कार्यकर्ताको आवाजलाई सुन्नुभन्दा सामाजिक सञ्जालमार्फत अहंकारपूर्वक जवाफ फर्काएको उनीहरूको गुनासो छ । 

पत्रमा अगाडि भनिएको छ, ‘हामी कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने स्पष्ट धारणा राख्दछौँ । जनभावना तथा नयाँ पुस्ताको चाहनाअनुरूप उहाँहरूकै नेतृत्वमा हामी सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गर्दछौँ ।’   





  • प्रकाशित मिति : २ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया