२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

बोलिभियामा बालविवाह अन्त्य गर्ने कानून पारित

बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । उक्त कानूनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानूनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग जोडेको छ ।


सन् २०१४ को कानूनले वयस्कहरूमा मात्र विवाह अनुमति दिइरहेको थियो, तर १६ र १७ वर्षका नाबालिगहरूलाई अभिभावकको अनुमति भए विवाह गर्न सक्ने अपवाद थियो । 



ओम्बुड्सम्यान अफिसका अनुसार सन् २०१४–२०२३ बीच चार हजार आठ सयभन्दा बढी कम उमेरका युनियन दर्ता भएका थिए । बुधबार चेम्बर अफ डेपुटिसले यो खाली ठाउँ बन्द गर्दै संशोधन पारित गरेको छ । विधेयक अप्रिलमा सिनेटले स्वीकृत गरेको थियो र अब राष्ट्रपतिलाई अनुमोदनका लागि पठाइनेछ ।

सत्ताढ पार्टीकी सिनेटर एवं विधेयक लेखक भर्जिनिया भेलास्कोले भने, ‘यो केवल कानून होइन, हाम्रो किशोरी केटीहरूलाई अब विवाह गर्न, विद्यालय छोड्न वा जिम्मेवारी लिन बाध्य पार्ने प्रथा रोक्ने प्रतिज्ञा हो ।’



नाबालिगसँग विवाह दर्ता गर्ने अधिकारीलाई मुद्दा चलाई चार वर्षसम्म जेल सजाय हुन सक्छ । एडभोकेसी समूह सेभ द चिल्ड्रेनले सन् २०१४ मा बोलिभियामा ३२ हजार तीन सय केटीहरू १५ वर्षअघि नै विवाह भएको तथ्याङ्क प्रकाशित गरेको थियो ।

ल्याटिन अमेरिका र क्यारिबियनका लागि आर्थिक आयोगका अनुसार कोलम्बिया, पेरु, इक्वेडर र एल साल्भाडोरसहित १३ देशमा बालविवाह निषेध छ ।



  • प्रकाशित मिति : २ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया