२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

एनपिएलको पहिलो खेलबाट उठ्ने टिकट रकम ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गरिने

नेपाल प्रिमियर लिग (एनपिएल)–२०२५ को पहिलो खेलबाट उठ्ने टिकट रकम यसपालि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बिहीबार नेपाली टिमको बिदाइ कार्यक्रमका क्रममा यसबारे जानकारी दिए । 

बिदाइ कार्यक्रममा क्यानले वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली टिमलाई सम्मानपूर्वक बिदाइ गरेको थियो । कार्यक्रममा विशेषरूपमा भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो । 



‘एनपिएल–२०२५ को पहिलो खेलबाट उठ्ने सम्पूर्ण टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । यसले प्रभावित परिवारलाई सहयोग पुर्‍याउने छ र खेलको सामाजिक उत्तरदायित्त्वलाई समेत पुष्टि गर्छ,’ सचिव खड्काले भने ।    





  • प्रकाशित मिति : २ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया