नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनलाई पहिलो सर्तका रूपमा प्रस्तुत गरेका छन् ।
जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्दै उनले पार्टी सचिवालय बैठकमा नीति र नेतृत्वसहित पार्टी पुनर्गठनको प्रस्ताव अघि सारेका हुन् ।
उनले भने, ‘जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन, रूपान्तरणकारी नीति–कार्यक्रमका आधारमा राजनीतिलाई अघि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी खतराबाट बचाउन अहिलेको पहिलो आवश्यकता पार्टीहरूको पुनर्गठन हो । नीति र नेतृत्वको पुनर्गठन हो । समयको पदचाप सुन्न नसक्दा राष्ट्रहरूले ठूलो मूल्य चुकाएका छन् । हामी आफैं पनि त्यसका भुक्तभोगी हौं ।’
महासचिव भुसालले मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरिसकेको निचोड निकालेका छन् । उनका अनुसार, देशका सबै दलहरूले आज वा भोलि पार्टी पुनर्गठन नगरी जनतामाझ जान सक्ने अवस्था छैन ।
उनले थपे, ‘यस विषयमा पार्टीव्यापी छलफल गर्न तयार होऔँ । पुनर्गठनलाई बेवास्ता गरेर अन्य विषयलाई अगाडि राखे दुनियाँले हामीलाई दुत्कार्नेछ । पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानबारे राष्ट्रिय बहस सुरु गर्नु हाम्रो गौरव हुनेछ । त्यस्तो बहसलाई मुद्दा र कार्यक्रमका साथ अघि बढाउने पर्याप्त क्षमता हाम्रो पार्टीमा छ । हाम्रा सीमा र अभावलाई पूरा गर्न अरूबाट सिक्न पनि तयार छौं । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ ।’
यस्तो छ भुसालको प्रस्ताव :




फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।