२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

क्यानाडा र मेक्सिको ‘निष्पक्ष’ व्यापार सम्झौतामा अडिग, ट्रम्पको दबाब बेवास्ता

क्यानाडा र मेक्सिकोका नेताहरू संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबीच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।


मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँगको वार्तापछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युएसएमसिएप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यसले ‘उत्तर अमेरिकालाई विश्वको आर्थिक ईर्ष्या’ बनाएको बताए । 



सेनबामले सम्झौताको भविष्यबारे आशावादी रहेको बताए । ‘युएसएमसिए विजयी हुनेछ भन्नेमा मलाई विश्वास छ’, उनले संयुक्त पत्रकार सम्मेलनमा भने ।

सन् २०२० देखि लागू भएको सम्झौता अर्को वर्ष समीक्षाका लागि तयार छ । मेक्सिको र क्यानडा दुवैको अर्थतन्त्रका लागि यो महत्त्वपूर्ण मानिन्छ, किनभने उनीहरूको निर्यात क्रमशः ८० प्रतिशत र ७५ प्रतिशत संयुक्त राज्य अमेरिकातर्फ जान्छ । 



तर, ट्रम्पले सम्झौताबाहिरका क्यानाडा र मेक्सिकाली निर्यातमा क्रमशः ३५ र २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । यी नीतिले क्यानाडाको अटो, स्टिल र एल्युमिनियम उद्योगमा रोजगारी गुम्ने अवस्था ल्याएको छ भने मेक्सिकोको अटो र स्टिल उद्योगमा पनि असर पारेको छ ।​ कार्नीले भने, ‘हामी संयुक्त राज्य अमेरिकालाई पूरक बनाउँछौँ, हामी उनीहरूलाई बलियो बनाउँछौँ, हामी सबै सँगै बलियो हुन्छौँ ।’ 

उनले अमेरिकी पक्षले युएसएमसिए समीक्षा गरिरहेको विषयलाई ‘राम्रो कुरा’ भन्दै कर र स्थानीय सामग्रीमा निर्णय शान्त र जानाजानी तरिकाले लिन सकिने तर्क गरे ।

दुवै नेताले ट्रम्पसँग साइड डिल खोज्दै प्रतिस्पर्धा नगरी सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाए। आगामी वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपलाई उदाहरण दिँदै कार्नीले भने, ‘हामी सँगै अगाडि बढ्नेछौँ ।’

साथै, उनिहरुले क्यानाडा–मेक्सिको बीच द्विपक्षीय व्यापार र लगानी बढाउने नयाँ योजना घोषणा गरे । यसअनुसार, अमेरिकी बजारमा मात्र निर्भर नहुई आफ्ना बन्दरगाहमार्फत आपसी व्यापार विस्तार गर्ने तयारी छ । 



गत वर्ष दुई देशबीचको व्यापार ३२ अर्ब डलरभन्दा कम थियो, जुन अमेरिकासँगको व्यापारभन्दा करिब २० गुणा सानो हो । मेक्सिको क्यानाडाको तेस्रो ठूलो साझेदार हो भने क्यानाडा मेक्सिकोको पाँचौँ ठूलो साझेदार हो ।

विदेश मामिला, कृषि, वातावरण र सुरक्षा लगायत क्षेत्रमा अझ घनिष्ठ सहकार्य गर्ने योजनामा दुवै नेता सहमत हुनुभएको छ । तर, क्यानाडाका केही राजनीतिज्ञले ट्रम्पले फेन्टानिल तस्करीको प्रसङ्गमा आफ्नो देशलाई अन्यायपूर्ण रूपमा मेक्सिकोसँग जोडेको गुनासो गरेका छन् । कार्नीले भने, ‘दुर्भाग्यपूर्ण तथ्य यो हो कि आपसी सीमापार अपराध दुवै दिशाबाट हुने गरेको छ ।’

 

  • प्रकाशित मिति : ३ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया