दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलोपटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ । डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा आयोजना हुने प्रतियोगितामा दक्षिण एसियाका शीर्ष पाँच क्लबहरूबीच प्रतिस्पर्धा हुने महासंघले जनाएको छ ।
आयोजकको रूपमा नेपालबाट एपिएफ फुटबल क्लब (एपिएफ) सहभागी हुनेछ । बङ्गलादेशको नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र भारतको इष्ट बेङ्गल एफसी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्य टोली हुन् ।
साफले यसअघि महिला राष्ट्रिय टिम च्याम्पियनसिप आयोजना गर्दै आएको भए पनि क्लब च्याम्पियनसिप आयोजना गर्न लागेको यो पहिलोपटक हो । प्रतियोगिता १५ दिनसम्म राउन्ड–रोबिन प्रणालीमा सञ्चालन हुनेछ । राउन्ड–रोबिन खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्ने नियम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।