६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

यूएईले नेपाली क्रिकेट टिमलाई किन दिएन भिसा ?

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले नेपाली नागरिकलाई भिसा जारी नगर्ने निर्णयसँगै नेपाली क्रिकेट टोली टी–२० आई सिरिज खेल्न जानबाट रोकिएको छ ।

ओमानमा हुने आगामी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले वेस्ट इण्डिजसँग युनिटी कप खेल्ने तयारी गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टोलीलाई औपचारिकरूपमा बिदाइ गरिसकेको र शुक्रबार टोली यूएई प्रस्थान गर्ने तालिका तय गरिएको थियो । तर, यूएई सरकारले भिसा नदिँदा योजना अचानक ठप्प भएको छ ।



क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘अहिले सबै नेपालीलाई भिसा दिन रोकेको छ । हामीले अनलाइनमार्फत आवेदन दिएका थियौँ, सामान्यतया भोलिपल्टै भिसा पाइन्थ्यो । तर, अहिलेको विषम परिस्थितिका कारण भिसा पाउन सकिएन ।’

नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म वेस्ट इण्डिजसँग पहिलोपटक तीन खेलको सिरिज खेल्ने तय भएको थियो । तर, भिसा नआएपछि श्रृंखला अन्योलमा परेको छ ।



प्रवक्ता लामाका अनुसार क्यानले यूएई सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग आवश्यक समन्वय गरिरहेको छ । ‘अहिलेसम्म भिसा आएको छैन । भिसा आउनेबित्तिकै टोली यूएई प्रस्थान गर्नेछ,’ उनले भने ।



  • प्रकाशित मिति : ३ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया