कसरी बच्ने नराम्रा सपना देख्नबाट ?

एजेन्सी– कहिलेकांही त नराम्रा सपना देखेपछि रातको बीचैमा हाम्रो निद्रा खलबलिन्छ । यसले हामीलाई मानसिक तथा भावनात्मक स्वास्थ्यमा पनि असर गर्छ । जब हामी सुत्छौँ, हाम्रो शरीरले आफूलाई आवश्यक शक्ति सन्चय गर्न थाल्छ । तर, कहिलेकांही यस्ता सपनाले हामीलाई डिस्टर्ब गरिदिन्छन् । 

एउटा रिपोर्टका अनुसार नराम्रा सपना आउनुको कारण पछिल्ला केही बिमारीहरु पनि कारण हुनसक्छन् । मस्तिष्कमा भएका रसायनमा आउने गडबढीका कारण त्यस्तो हुनसक्छ । उच्च रक्तचापका कारण पनि हामीले नराम्रा सपना देखेका हुनसक्छौँ । यो सब रोक्नका लागि हामीले निम्न पाँच उपाय अपनाउन सक्छौँ । 

 

१. तनावबाट टाढा बस्ने 
कयौँ बिमारीका कारण हामीलाई तनाव हुनसक्छ । तनावका कारण हामी चिन्ताग्रस्त हुनसक्छौँ । यसले हाम्रो स्वास्थ्यलाई समस्या पार्छ । त्यसैले अत्यन्त नराम्रा सपना देख्नुहुन्छ भने हामीले तनावलाई अन्त्य गर्नुपर्छ ।

 

२. सुत्ने रुटिन बदल्नुहोस्
लगातार निद्रा खराब हुनुको कारण सपना नराम्रो देखिन्छ पनि । त्यसैले के जरुरी छ भने हामीले खराब सपना देखिरहेका छौँ भने हाम्रो सुत्ने रुटिन बदल्नुपर्छ । हामीले हाम्रो बेडरुमको वातावरण यस्तो बनाउनु पर्छ कि निद्रा राम्रो परोस् ।



 

३. नोक्सान गर्छ मोबाइलको उज्यालोले पनि
विशेषज्ञहरुले सुझाव दिएका छन् कि राती सुत्नुभन्दा पहिले ग्याजेट्सहरु प्रयोग गर्नुहुँदैन । हामीले प्रयोग गर्ने मोबाइल, आइप्याडलगायतका ग्याजेट्सले हामीलाई समस्यामा पार्न सक्छन् । जसका कारण पनि हामीले नराम्रा सपना देख्न सक्छौँ । 



 

४. काल्पनिक उपचार
निदाउनुअघि नराम्रा कुरा कल्पना गर्नुभन्दा हामीले राम्रा कुराहरु कल्पना गर्नुपर्छ । यसले पनि हाम्रो सपनामा असर गर्ने वैज्ञानिहरुले बताएका छन् । 

 

५. आफ्नो सपनाबारे अरु कसैसँग कुरा गर्नुस्
आफ्नो सपनाबारे अरु कोहीसँग कुरा गर्नुहोस् । जो व्यक्ति तपाईं नजिक छ, तपाईंको कुरा जसले बुझ्छ उसँग सपनाका कुरा गर्दा नराम्रा सपनाहरु देख्न कम हुनसक्छ । 

  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया