७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

मियामीसँग सम्झौता नवीकरण गर्लान् मेस्सी ?

अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका सुपरस्टार लिओनल मेस्सीले इन्टर मियामीसँग सम्झौता नवीकरण गर्ने सम्भावना उच्च देखिएको छ ।

सन् २०२३ जुलाई १५ मा पेरिस सेन्ट–जर्मेन (पीएसजी) छोडेर अमेरिकी क्लब इन्टर मियामी आएका मेस्सीले डेढ वर्षे करारमा खेलेका थिए । प्रारम्भिक सम्झौताको अवधि अन्त्यतिर पुगेकाले क्लबले करिअरको अन्तिम चरणमा रहेका मेस्सीलाई निरन्तर राख्न विशेष प्रयास गर्ने तयारी गरेको छ । 



सम्झौता नवीकरणबारे अन्तिम सहमति भएपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) प्राधिकरणमा अनुमोदनका लागि प्रस्ताव पेश गर्नेछ । मेस्सीसँग खेलमैदानमा मात्र नभई विश्वव्यापी लोकप्रियता, प्रायोजन आकर्षण र व्यावसायिक अवसरहरू पनि जोडिएकाले क्लबले उनलाई गुमाउन नचाहेको प्रस्ट देखिन्छ।

मियामीमा आएका यता मेस्सीले क्लबमा ऐतिहासिक योगदान दिएका छन् । उनको नेतृत्वमा इन्टर मियामीले पहिलोपटक ‘लिग्स कप’ जितेको थियो । यस्तै, गत सिजनमा क्लबले ‘स्पोर्ट्स सिल्ड’ समेत हात पार्दै नयाँ उपलब्धि हासिल गरेको थियो । 





  • प्रकाशित मिति : ४ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया