नेपालीको महान् चाड बडादसैँ नजिकिँदै गर्दा बजारमा चंगाको व्यापार बढेको छ ।
दसैँसँग चंगाको सम्बन्ध गहिरो रहेको छ। खुला आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि नै दसैँको आगमनको अनुभूति हुने भएकाले यस समय नेपाली बजारमा चंगाको माग बढी देखिन्छ ।
यस वर्ष पनि तुलनात्मकरूपमा चंगाको व्यापारमा वृद्धि देखिएको छ । बिक्रेता र उपभोक्ताहरू दुवैले दसैँको रमाइलो र परम्परागत चंगाखेलसँग जोडिएको उत्साह बढाउन यस व्यापारलाई महत्त्वपूर्ण ठानेका छन् ।











फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।