रसुवा– आलोपालो प्रणालीमा केरुङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा व्यवसायीले गरेको चक्काजाम बुधबार खुलेको छ ।
राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायबीच छलफल र सहमति भएपछि चक्काजाम खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
उनका अनुसार, सबैको अधिकार सुनिश्चित गर्न लाइनमा बस्ने सबै सवारी साधनलाई पालोको आधारमा सामान लिन जान दिनेगरी सहमति भएको छ । केही असहमत पक्षसँग भने संवाद जारी रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।