स्थानीय तहसम्म पुग्दै जिपी कोइराला फाउन्डेसन

विदुर– लोकतन्त्र, शान्ति, विकासका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित सामाजिक संस्था जिपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलपमेन्ट सबै जिल्ला तथा स्थानीय तहमा विस्तार हुँदै छ । यसै क्रममा फाउन्डेसनले नुवाकोट जिल्ला कार्यसमिति गठन गरेको छ भने जिल्लाका १२ वटै स्थानीय तहका संयोजकहरु तोकेको छ । 

यसअघि फाउन्डेसनले सबै जिल्लाका संयोजक तोक्दै जिल्ला कार्यसमितिको गठनलगायत जिम्मेवारी जिल्ला संयोजकलाई नै सुम्पेको थियो । प्रदेश कार्यसमितिले दिएको जिम्मेवारीअनुरुप बुधबार जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सबै स्थानीय तहका संयोजक चयन गरिएको फाउन्डेसनका जिल्ला संयोजक रमेशकुमार पाठकले जानकारी दिए । 

संयोजक रमेशकुमार पाठकको अध्यक्षतामा गठित जिल्ला कार्यसमितिको उपाध्यक्ष शिव अधिकारी ‘अविरल’ छन् भने सचिव पुरुषोत्तम खड्का छन् । कोषाध्यक्षमा भवानी खड्का र सह–सचिवमा दिपक लामा चयन भएका छन् । सदस्यमा मणिराम केसी, हरिकुमार तामाङ, इन्द्र लामा, कृष्णमान घले, वसन्त न्यौपाने, विनोदराज श्रेष्ठ, गीतानाथ भट्ट र पूर्ण तामाङ छन् । 

१२ स्थानीय तहका संयोजकहरुमा उत्सव अर्याल (विदुर नपा), दिपेन्द्र ढुंगाना (बेलकोटगढी नपा), निकेश अधिकारी (तारकेश्वर गापा), माधव लामिछाने (लिखु गापा), शंखर अधिकारी (ककनी गापा), रामकृष्ण आचार्य (शिवपुरी गापा), गरबहादुर तामाङ (म्यागङ गापा), नमराज अधिकारी (पञ्चकन्या गापा), सहदेव उप्रेती (तादी गापा), दिलमान तामाङ (किस्पाङ गापा), निसा अधिकारी (सूर्यगढी गापा), विनोद तामाङ (दुप्चेश्वर गापा) छन् ।

स्थानीय तहका कार्यसमिति गठनको जिम्मेवारी संयोजकहरुलाई दिइएको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १०:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया