१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कुलमानको निर्णय कार्यान्वयन हुने संकेत, हितेन्द्र भन्छन्- मन्त्रीज्यूको निर्णय मान्छौँ
फाइल तस्बिर

नेपाल विद्युत् प्राधिकरणले करिब २५ अर्ब रुपैयाँ मूल्य बराबरको बक्यौता उठाउन बोर्ड बैठक डाक्ने तयारी गरेको  छ ।


प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, सोमबार वा मंगलबार नै बैठक बस्नेछ । बैठकले बक्यौता उठाउनेसम्बन्धी निर्णय गर्नेछ ।



शाक्यले भने, ‘बक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्णय हामी कार्यान्वयन गर्छौँ । विद्युत् प्राधिकरणको बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएमा कार्यान्वयन अघि बढ्नेछ ।’ 

यसअघि कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै विद्युत् बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए ।   



नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत लिएको बिजुलीको शुल्क उद्योगी तथा व्यवसायीबाट नियमितरूपमा उठाउन प्रयास गर्दै आएको छ । प्राधिकरणका अनुसार उद्योग तथा अन्य सार्वजनिक क्षेत्रमा लिएका डेडिकेटेड र ट्रंकलाइन बिजुलीको जरिवाना सहित करिब २५ अर्ब रुपैयाँ बक्यौता रहेको छ । 

उद्योगीहरूले लोडसेडिङको समयमा २४ घण्टा बिजुली सेवा दिइएको भए पनि प्रयोग नगरेको बिजुलीको बिलको भुक्तानी नगर्ने अवस्था रहेको प्राधिकरणले जनाएका छन् । 

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका बेला उद्योगीको लाइन काट्दै बक्यौता उठाउन पटक–पटक पहल गरिसकेका थिए । तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पछि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लाइन काट्दा फेरि जोड्न निर्देशन दिइएको थियो ।  



  • प्रकाशित मिति : ५ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया