स्कुल बसबाट टाउको निकाल्दा १४ वर्षे छात्रको ज्यान गयो

सिन्धुली– स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बाटोछेउको बोर्डमा टाउको ठोकिएर १४ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार स्कुल छुटेर घर फर्कने क्रममा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रमिस श्रेष्ठको ज्यान गएको हो । 

बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिकाको रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको प्रगतिशील माविको बसमा सवार रमिसको टाउको मूलकोट भोटेखोलाको पुलछेउ ‘भोटेखोला’ लेखेको बोर्डमा ठोकिएको थियो । टाउकोमा गम्भीर चोट लागेका रमिसको घटनास्थलमै मृत्यु भयो ।

घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १३:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया