शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले पाँच महिना भित्र शिक्षा क्षेत्रमा गर्नै पर्ने ठोस सुधार भए सुझाव दिन आग्रह गरेका छन् । उनले आफूलाई बधाई र खादा माला पनि नदिन भनेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि आफ्नो नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले यस्तो बताएका हुन् ।
पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्नसमेत आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।