७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

ट्रिनबागो नाइट राइडर्स पाँचौंपटक सिपिएल च्याम्पियन

१३औँ सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।

सोमबार बिहान सम्पन्न फाइनल खेलमा गुयाना अमेजन वारियर्सलाई तीन विकेटले हराउँदै नाइट राइडर्सले पाँचौंपटक सिपिएलको उपाधि जितेको हो । 



फाइनलमा गुयानाले दिएको १ सय ३१ रनको लक्ष्य नाइट राइडर्सले १८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि एलेक्स हेल्सले २६, कोलिन मुनरोले २३, सुनिल नारायणले २२, किरोन पोलार्डले २१, अकिल होसेनले अविजित १६ तथा ड्वेन ब्राभोले ११ रन जोडे । गुयानाका लागि कप्तान इमरान ताहिरले तीन, शमार जोसेफ र ड्वेन प्रिटोरियसले दुई/दुई विकेट लिए । 



त्यसअघि प्रोभिडेन्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टिम गुयाना अमेजन वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो ।

उसका लागि इफ्तिखार अहमदले ३०, बेन म्याकडर्मोटले २८, ड्वेन प्रिटोयिसले २५, रोमारियो सेफर्डले १३, साई होपले १२ तथा मोइन अलीले १० रन जोडे ।

ट्रिनबागोका लागि सौरभ नेत्रावल्करले तीन, अकिल होसेनले दुई तथा आन्द्रे रसेल र उस्मान तारिकले एक विकेट लिए । 



  • प्रकाशित मिति : ६ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया