७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

वेस्ट इण्डिजसँग सिरिज खेल्न आज यूएई जाँदै नेपाली टिम

वेस्ट इण्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–२० शृङ्खला खेल्न नेपाली क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ । 

प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।  जेनजी प्रदर्शनका कारण यूएईले नेपालीलाई पर्यटक भिसा र श्रम  भिसामा रोक लगाएको थियो । रोक लगाएपछि नेपाली क्रिकेट टोली यूएई जान सकेको थिएन । 



नेपाल क्रिकेट संघ (क्यान) को आग्रहपछि मात्र यूएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो । 

क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली मङ्गलबारसम्म यूएई पुगिसक्ने जानकारी दिए । नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इण्डिजविरुद्ध यही असोज ११, १३ र १४ गते यूएईस्थित शारजाह क्रिकेट रङ्गशालामा खेल खेल्ने तय भएको छ ।     





  • प्रकाशित मिति : ६ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया