भारतीय टी–२० क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानबीचको खेललाई अब ‘प्रतिद्वन्द्वीता’ भन्न नमिल्ने बताएका छन् ।
यूएईमा जारी एसिया कपको सुपर फोरअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएपछि सूर्यकुमारले सो प्रतिक्रिया दिएका हुन् । यसअघि समूह चरणमा भारतले पाकिस्तानविरुद्ध ७ विकेटको सहज निकालेको थियो ।
‘मलाई लाग्छ अब यो प्रतिस्पर्धा भन्ने कुरा अन्त्य गर्नुपर्छ,’ सूर्यकुमारले भने, ‘प्रतिस्पर्धा भन्न कम्तीमा १५–२० खेलमा दुवै टोलीबीच बराबरीजस्तो नतिजा आउनुपर्छ । जस्तै ७–७ वा ८–७ । तर, यहाँ त १३–०, १०–१ जस्ता तथ्यांक छन् । मलाई ठ्याक्कै थाहा छैन । तर, यो अब प्रतिस्पर्धा होइन । हो, हामीले उनीहरूभन्दा राम्रो क्रिकेट खेलेका हौँ ।’
टी–२० आई क्रिकेटमा हालसम्म पाकिस्तान र भारतले १४ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारत ११ र पाकिस्तान तीन खेलमा विजयी भएको इतिहास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।