सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । सबैखाले सवारीसाधनमा लागू हुने गरी भाडा वृद्धि गरिइको यातायात व्यवस्था विभागले जनाएको छ । 

सबैखाले सवारीसाधनमा लागू हुने गरी १२ प्रतिशत भाडा बढाइएको छ । मेकानिकल पार्टको मूल्य, सवारीसाधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायत आधारका भाडादर कायम गरिएको विभागको दाबी छ ।  

विभागले भाडादर समायोजन गर्ने विषयमा महानगरपालिकासँग बुधबार छलफल गरेको थियो । बिहीबार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ । 

यसअघि सरकारले दसैँअघि सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो । सरकारको पछिल्लो निर्णयपछि उक्त भाडामा थप १२ प्रतिशत शुल्क वृद्धि भएको छ । यसअघि सार्वजनिक यातायातमा ४ किलोमिटरसम्मको १४ रुपैयाँ तिर्नुपर्थ्यो भने अब १६ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । बढेको भाडादर असार १ बाट लागू हुनेछ । 

त्यसै गरी सरकारले ट्याक्सी भाडामा पनि फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ । यो प्रणालीअनुसार चढ्नेबित्तिकै न्यूनतम भाडा उठ्ने गर्छ । अब ट्याक्सीमा यात्रा गर्ने यात्रुले पहिलो एक किलोमिटरसम्म ५० रुपैयाँ तिर्नुपर्नेछ ।

यो ५० रुपैयाँ एक किलोमिटरसम्म यात्रा गर्न पाउने छन् । तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जानेछ । यस अघि ट्याक्सी चढ्नासाथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो ।





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १६:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया